नेशनल लाइफले अभिकर्ताहरुलाई गरायो ‘गोसाईकुण्ड हेली टुर’

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि पुस ७ गतेदेखि ९ गतेसम्म ‘गोसाईकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले काठमाडौं बुढानिलकण्ठबाट हेलिकप्टरमा गोसाईकुण्डको भ्रमण गराएको हो ।

Advertisement

भ्रमणमा जानुपूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीज्यूले अभिकर्ताहरुलाई सफल भ्रमणको शुभकामना दिंदै यस प्रकारको भ्रमणले अभिकर्ताहरुको मनोवल वृद्धि भई कम्पनीको व्यवसाय समेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । 

देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट भई भ्रमण कार्यक्रममा सहभागि हुन सफल करिब २०० जना अभिकर्ताहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै सम्मान पनि गरिएको थियो । 
 

Advertisement

Advertisement