एनसीएचएल कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

Advertisement

काठमाडौं । कर्पोरेट क्लब नेपालद्वारा बार्षिक रुपमा आयोजना गरिंदै आएको ‘दी एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ अन्तरगत  फिनटेक विधामा यस वर्ष नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई अवार्ड प्रदान गरिएको छ । 

गत बिहीबार आयोजन गरिएको उक्त समारोहमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट, संस्थाहरुलाई अवार्ड प्रदान गरिएको हो । 

Advertisement

डिजिटल रुपान्तरणका लागि उल्लेखनिय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदान तथा यसका निम्ति संस्थागत रुपमा एनसीएचएलले अपनाएका परिणाममूखी अभ्यासहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो । 

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग, अन्तरर्बैंक विद्युतीय भुक्तानी, कनेक्टआईपीएस, कनेक्टआरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) कर्पोरेटपे र रिटेल पेमेन्ट स्वीच अन्तरगत नेपालपे क्यूआर लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पुर्याउँदै आएको छ । 

पछिल्लो पटक प्राप्त अवार्डले एनसीएचएललाई आफूले गर्दै आएका कामप्रति थप जिम्मेवारी बोध गराएको र उक्त कार्यलाई निरन्तरता दिन थप प्रोत्साहित समेत गरेको जनाएको छ ।   

Advertisement

Advertisement