प्रभु लाइफद्वारा मृत्यु दाबी बापत २० लाख रुपियाँ हस्तान्तरण

Advertisement

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी बापत २० लाख रुपियाँ हस्तान्तरण गरेको छ । 

२०७८ पुस २८ गते प्रभु लाइफमा रु. २० लाख बीमाङ्क रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको गत असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप रु. १ लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाउनु भएका उनको दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै मृत्यु भएको थियो । 

Advertisement

कम्पनीले बीमित विश्वकर्माका श्रीमती सन्तमाया मगर र निजका बुबा धनबहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमका बीच रु. २० लाखको चेक हस्तान्तरण गरेको हो । कम्पनीका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्त रुपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका हुन् ।  

प्रदेश १ प्रमुख भट्टराईले जीवन बीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे । बीमित परिवारलाई यस किसिमका अकल्पनीय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए । जसले बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने विश्वास लिएका छौं, प्रभु लाइफका प्रदेश १ प्रमुख भट्टराईले बताउए । 

दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।
 

Advertisement

Advertisement