प्रभु बैंकले रेड पाण्डालाई  एक वर्षको लागि आहारा उपलब्ध गराउने

Advertisement

काठमाडौं । प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच रातो हाब्रे (रेड पाण्डा) लाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । 

बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  

Advertisement

उक्त सम्झौता अनुसार प्रभु बैंक लिमिटेडले सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषद्वारा सञ्चालित सदर चिडियाखानामा रहेका दुई वटा रातो हाब्रेका लागि एक वर्षसम्म बैंकले आहारा उपलब्ध गराउने व्यवस्था मिलाईएको छ । 

Advertisement

Advertisement