नक्कली भ्याट बिल बनाउने त्रिशक्ति ट्रेडर्सका सञ्चालक महर्जन विरुद्ध मुद्दा दायर

Advertisement

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं ११ कुम्भेश्वर स्थित त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ । 

Advertisement

विभागले रु छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ बराबरको बिगो र रु छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

Advertisement

Advertisement