राजालाई भेटेपछि मिश्रको प्रतिक्रिया– संकटमा फँसिसकेपछि राजसंस्था खोजेर पाइँदैन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्रले नेपाल कुनै पनि दिन असफल राष्ट्र हुनसक्ने बताउँदै संकटको घडीमा अभिभावकीय भूमिका खेल्नसक्ने संस्था (राजसंस्था) नराख्ने हो भने संकटमा फँसिसकेपछि खोजेर ढिला हुने बताएका छन् । 

बिहीबार राजा ज्ञानेन्द्रलाई भेटेपछि सामाजिक सञ्जालमा लेख्दै उनले बढ्दो भूराजनीतिक तथा आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष निकालेका छन् । 

Advertisement

मिश्रले राजासँग आफ्नो १५ वर्षपछिको प्रेमपूर्ण भेट भएको बताउँदै लेखेका छन्, असोचनीयस्तरको प्रतिकूलता व्यहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी रदेशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था । बढ्दो भूराजनीतिक तथा आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष ।’ ं

ंनेपालजस्तो कमजोर र कुनै पनि बेला ‘असफल राज्य’मा परिणत हुनसक्ने देशमा संकटको घडीमा अभिवावकीय भूमिका खेल्न सक्ने एउटा संस्था नराख्ने हो भने संकटमा फसिसकेपछि त्यो खोजेर पनि पाइँदैन, ढिलो भइसकेको हुनेछ भन्दै उनले राजसंस्थाको अपरिहार्यतमा जोड दिएका छन् । 

मिश्र थप्छन्, ‘ंम पत्रकार हुँदा सन् २००७ मा उनलाई दुईपटक भेटेको थिएँ। त्यसपछिको भेट यही नै हो। देशको हितलाई हेरेर, विचारभन्दा माथि उठेर, सबै पक्ष राजसंस्थाको छिटोभन्दा छिटो पुनर्स्थापनामा सहमत होउन् भन्ने कामना गर्दछु ! यो नेपालका लागि मात्र नभएर, दक्षिण एशियाकै दिर्घकालीन हितमा हुनेछ।

Advertisement

Advertisement