वार्षिक खेलकुद दिवसमा कखरा प्रिस्कूलद्धारा महिला धावक सन्तोषी श्रेष्ठलाई सम्मान

Advertisement

भक्तपुर । कखरा प्रिस्कूलले दक्षिण एशियाली खेलकुद (साग)मा महिला एथलेष्टिक्सतर्फ पहिलो पटक स्वर्ण पदक जित्न सफल धादिङकी सन्तोषी श्रेष्ठलाई सम्मान गरेको छ । 

श्रेष्ठले १३ औं साग च्याम्पियनसीप श्रेष्ठलाई महिलातर्फ १० हजार मिटरको दौडमा प्रथम स्थान हासिल गरी नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएबापत कखराले आफनो वार्षिक खेलकुद दिवसको अवसरमा सम्मान गरेको हो । 

Advertisement

कखराले प्रत्येक वर्ष आफ्नो खेलकुद दिवसको अवसरमा नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउने खेलाडीहरुलाई सम्मान गर्दै आएको छ । प्रसिद्ध धावक बैकुण्ठ मानन्धर तथा जितबहादुर केसीलाई कखराले अघिल्ला वर्षहरुमा सम्मानित गरेको थियो । 

सन्तोषी श्रेष्ठले कखराद्धारा आयोजित खेलकुद प्रतियोगितहरुमा सहभागी बालबालिकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरी हौसला प्रदान गरेकी थिइन् । कार्यक्रममा बोल्दै विद्यालयकी प्रिन्सिपल निशा घिमिरेले खेलकुदको माध्यमबाट श्रेष्ठले आर्जन गरेको नाम, ईमान र प्रसिद्धिले कलिला बालबालिकाहरुलाई पनि खेलकुदको महत्व बुझ्न र खेलकुद प्रतिभा विकसित गर्नमा ठूलो हौसला पुग्ने बताइन् । 

विद्यालयका प्रबन्ध सञ्चालक उमानाथ निरौलाले बालबालिकामा कुनै न कुनै खेलकुद प्रतिको रुची र प्रतिभा ७ वर्ष उमेर पुरा हुनुअघि नै विकसित हुने भएकाले कखराले बालबालिकाको रुची र प्रतिभालाई समयमै पहिचान गरी सोही अनुसार विभिन्न खेलकुद क्रियाकलापहरुमा सहभागी गराउने गरेको बताए । 

कखराका अभिभावक, आफन्त, शिक्षक, शिक्षीका र कर्मचारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा बालबालिकाहरुबाट रोमाञ्चक खेलहरुको प्रदर्शन भएको थियो । 

Advertisement

Advertisement