नेपाल लाइफका आठ सय अभिकर्तालाई अन्तराष्ट्रिय स्तरका प्रशिक्षकले दिए प्रशिक्षण

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार काठमाडौंको आर्मी अफिर्सर क्लबमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा देशभरबाट ८०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले उद्घाटन गरेका थिए । विशेष कारणबस देश बाहिर रहेका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरुलाई स्वागत गर्दै सिकाईमा थप टेवा पुग्ने कुरा बताए । व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने बताए ।  

Advertisement

त्यस्तै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारे । कार्यक्रमका सहभागीहरुलाई भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कारले प्रशिक्षण दिएका हुन् ।  

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । 

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपियाँ बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । 

Advertisement

Advertisement