शेयर बजारमा उच्च अंकको सुधारः पाँच कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाए

Advertisement

काठमाडौं । केही दिन यता घटिरहेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेप्से उच्च अंकले उचालिएको छ, तर कारोबार रकम भने ४ अर्ब पनि पुग्न सकेन ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४४.४५ अंकले उचालिएको छ । १.८० प्रतिशतले बजार बढ्दा नेप्से २५०८.८६ अंकमा उक्लिएको छ । 

Advertisement

समग्रमा बजार बढे पनि म्युचुअल फण्ड भने ०.६० प्रतिशतले घटेको छ । बाँकी समूहमा भने हरियाली छाएको छ । आज सबैभन्दा बढी वित्त समूह ४.१९ प्रतिशतले बढेको हो । 

undefined

आज ३१९ कम्पनीका ९७ लाख १७ हजार ९ सय ५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९ सय ३५.१२ रुपियाँ बराबरको कारोबार भएको छ । 

विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । सीईडीबी हाइड्रो, कुमारी सवल योजना, युनाइटेड मोदी हाइड्रो, सवोत्तम सिमेन्ट र सोना मिनिरल्सका लगानीकर्ताहरुले क्रमशः १०, ९.९८, ९.५८, ९.४७ र ९.११ प्रतिशतले नाफा कमाए ।

त्यस्तै प्रभु सलेक्ट फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३६ प्रतिशतले घाटा व्यहोरे । 

आज सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड ६९ लाख ६४ हजार २७.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार २२.३६ अंकले बजार घट्दा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६.९४ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement