राष्ट्रिय वाणिज्य बैंकको कार्यक्रममा ४३० जनाले गरे रक्तदान

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले विभागीय प्रमुखहरु गायत्री श्रेष्ठ र नारायण लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा १४२ जनाले रक्तदान गरे । 

Advertisement

त्यस्तै बैंकको १ नम्बर प्रादेशिक कार्यालय, बिराटनगरमा ६१ जना, मधेस प्रादेशिक कार्यालय, वीरगंजमा ४१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा ७० जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगंजमा ४२ जना, कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतमा ४२ जना, सुदूर पश्चिम प्रादेशिक कार्यालय, धनगढीमा ३२ जना गरी कूल ४३० जनाले रक्तदान गरेका थिए ।

उपकार्यककारी अधिकृत विनयरमण पौडेलको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु पवन रेग्मी र दुर्गा कुमारी कँडेल, ट्रेड युनियनका अध्यक्षहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

बैंकको वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, प्रभातफेरी कार्यक्रम आयोजना भैरहको छ । आगामी माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गर्दैछ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ । 
  
 

Advertisement

Advertisement