काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली काँग्रेसले माग गरेसँगै उनले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताए । किराँतीले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताउँदै गत माघ १ गते भएको विमान दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको बताए ।
किराँतीले अझै एकजना शिशुको शव खोजी कार्य जारी रहेको जानकारी दिए । उनले सरकारले खोजी कार्यमा नेपाल प्रहरी, नेपाल आर्मी, नेपाल सशस्त्र प्रहरी बल लगायतका निकाय खोजिकार्यमा निरन्तर लागेको बताए ।