आइएमई लाइफ इन्स्योरेन्सद्वारा एक सिओटीसहित ३४ एमडिआरटी सम्मानित

Advertisement

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटी सम्मानित भएका छन् । कम्पनीले गत बुधबार एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । 

उक्त अवसरमा सीईओ कवि फुँयालले  काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरण समेत स्थापित भएकोमा गौरवान्वित महसुस गरेको बताए । 

Advertisement

कम्पनीको समय सापेक्ष बजार नीतिको कारणले गर्दा सम्पूर्ण अभिकर्ताहरु उत्प्रेरित हुनु भएकाले अहिलेको विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरुले एमडिआरटि उपलब्धि हासिल गरेको कम्पनीका प्रमुख सचालन अधिकृत दिनेश अमात्यले बताए ।
 
एमडिआरटी अर्थात मिलियन डलर राउण्ड टेबल सन् १९२७ मा रजिष्टर भएको एमडिआरटी एक बिदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका व्यक्तिहरु सहभागी हुन पाउँछन् । 

यस संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्था मार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरुले सहभागी हुन पाउने ब्यबस्था रहेको छ । 
 

Advertisement

Advertisement