स्ट्याण्डर्ड चार्टर्ड बैंकले नाफा बढायो

Advertisement

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ७५ करोड रुपियाँ खुद नाफा कमाएको छ । गत आबको समीक्षा अवधिमा १ अर्ब ८ करोड ६७ लाख खुद नाफा कमाएको थियो । 

बैंकद्वारा आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्म वितरणयोग्य नाफा १ अर्ब नाघेको छ । 

Advertisement

त्यसैगरी खुद ब्याज आम्दानी बढेर २ अर्ब ८४ करोड ६० लाख ४० हजार पुगेको छ । गत आवको समीक्षा अवधिमा १ अर्ब ६५ करोड १८ लाख ३३ हजार खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा बढेर २ अर्ब ५१ करोड ३६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । 

बैंकको प्रतिशेयर आम्दानी बढेर ३७ रुपियाँ १९ पैसा, प्रतिशेयर नेटवर्थ १९५ रुपियाँ ७३ पैसा र खराब कर्जा ०.७२ प्रतिशत रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement