दरम खोलाले आईपीओ निष्काशन गर्ने, लक्ष्मी क्यापिटलसँग सम्झौता

Advertisement

काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । त्यसका लागि उक्त कम्पनी र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडबीच शेयर निष्काशन तथा बिक्री प्रवन्धकसम्वन्धी सम्झौता भएको छ । 

दरम खोलाले सय रुपियाँ अंकित दरका ३९ करोड ५० लाख रुपियाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । सम्झौतापत्रमा लक्ष्मी क्यापिटलका सीईओ राजिव सापकोटा र दरम खोलाका अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरे । 

Advertisement

दरम खोलाले बाग्लुङको गलकोट नगरपालिकामा ९.६ मेगावाटको विद्युत आयोजना निर्माण गरिराखेको छ । आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । 

Advertisement

Advertisement