तामाङको छोरा पनि मन्त्री बनाउँछु मैले, तामाङको छोरी पनि मन्त्री बनाउँछुः दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढिरहेको बताएका छन् । आइतवार तामाङ समुदायको पर्व ल्होछारको अवसरमा उनले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढेको बताएका हुन् । 

विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको र अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवद्र्धन हुन नदिने कुचेष्टा भइरहेको बताउँदै दाहालले अहिले पनि सामन्ती, एकात्मक र हस्तक्षेपबिरुद्धको लडाईं जारी रहेको बताए । 

Advertisement

दाहालले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व सबैको काँधमा रहेको बताए । उनले भने, ‘विगतमा एकातिर सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चल्यो भने आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवद्र्धन हुन नदिने चेष्ठा भइरहेको छ । हामी एकातिर सामन्ती, एकात्मक र हस्तक्षेपबिरुद्धको लडाईं जारी छ भने वैदेशिक सांस्कृतिक हस्तक्षेपका कारणले पनि नयाँ परिस्थितिमा छौँ । त्यसकारण हामीले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, हाम्रा ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व हामी सबैको काँधमा छ ।’  

उत्पीडित जातिहरुलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरुले ठूलो लडाईं गरेको उनको तर्क थियो । दाहालले माघ १५ गतेदेखि नेपाल टेलिभिजनबाट तामाङ भाषामा समाचार प्रशारण हुने बताउँदै तामाङको छोरा छोरीलाई चाँडै मन्त्री पनि बताउने बताए । उनले भने, ‘केही समयमा तामाङको छोरालाई पनि मन्त्री बनाउँछु मैले, तामाङको छोरीलाई पनि मन्त्री बनाउँछु । चिन्ता नलिनुहोस् । त्यो जिम्मा मलाई छोडिदिनुहोस् । 

Advertisement

Advertisement