फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल प्रालिले ल्यायो एक्सचेन्ज योजना

Advertisement

काठमाडौं । नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले आजदेखि ‘स्वीच टू प्रिमियम कार कल्चर’ नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ। 

आफुसंग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गरिएको हो । 

Advertisement

आफ्नो पुरानो गाडी साटेर नयाँ फक्सवागनको गाडी खरिद गर्ने ग्राहकहरुले पुरानो गाडीमा बजारमा पाउने मूल्यांकन भन्दा राम्रो मूल्यांकन दिईने कम्पनीको दाबी छ। यसका साथै, योजना अवधिभर ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन्। 

साथै फ्री एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ।

Advertisement

Advertisement