पूर्वाञ्चल ल्यूब आयलमा अल्फा प्लस भेन्चर्स लिमिटेडको लगानी

Advertisement

काठमाडौं । अल्फा प्लस भेन्चर्स लिमिटेडले सुन्दरहरैचा ०९, मोरङ्ग, बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा लगानी गर्ने भएको छ । 

लगानी सम्बन्धी सम्झौतामा बुधबार लागि पुर्वाञ्चल ल्यूव आयलका प्रबन्ध संचालक भोलेश्वर दुलाल र अल्फा प्लसका प्रबन्ध संचालक अंगिश घिमिरेले हस्ताक्षर गरेका छन् । 

Advertisement

पुर्वाञ्चल ल्यूव आयलले विगत २३ बर्षदेखि आफनो उत्पादन हाल नेपाल भर ९३ भन्दा बढी डिलर र ११,००० भन्दा बढी खुद्रा व्यापारी मार्फत बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विभिन्न प्रकारका पीएलओ ब्राण्डको ल्यु्रबीकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको छ । 

अल्फा प्लसको लगानी पश्चात पुर्वाञ्चल ल्यूव आयलमा नयाँ ल्यु्रबीकेन्टको उत्पादन तथा विकास भई नेपाली बजारभर पीएलओ ब्राण्डका ल्यु्रबीकेन्टहरुको उल्लेख्य मात्रामा बिक्री वितरण हुने र कम्पनीको समग्र व्यापारिक तथा कार्यसंचालनको क्षमतामा समेत अभिबृद्धि हुने प्रबन्ध संचालक दुलालले बताए । 

Advertisement

Advertisement