रौतहट–काठमाडौं सम्पर्क मञ्च तदर्थ समितिको संयोजकमा नबिन तुमसिंह चयन

Advertisement

काठमाडौं । नेकपा एमाले रौतहट–काठमाडौंसम्पर्क मञ्चले शनिबार बालाजु बाइसधारा पार्कमा बनभोज सम्पन्न गरेको छ ।  

एमालेका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय समितिका ईन्चार्ज पूर्व मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा भएको‌ बनभोज तथा जिल्ला भेलाले नविन तुमसिंङ संयोजक र खेम कार्की सहसंयोजक रहेको ३१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ ।

Advertisement

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज उद्धब रेग्मी, सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेत, संघीय सांसदहरू किरण साह र बिनाकुमारी साह, भौतिक पूर्वाधार बिभागका केन्द्रीय सदस्य सहदेव खड्का लगायतका पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो । 

पिकनिक कार्यक्रमका संयोजक खेम कार्कीले कार्यक्रम सफल पार्न सहयोग गर्ने र सहभागी सबैलाई धन्यवाद दिदै कार्यक्रमले आपसी सम्बन्ध बिस्तार गर्न र संगठन मजबुत बनाउन सहयोग गर्ने बिस्वास ब्यक्त गरे । 

Advertisement

Advertisement