नेपाल क्लियरिङ हाउसको अध्यक्षमा दयाराम शर्मा चयन

Advertisement

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा चयन भएका छन् । सञ्चालक समितिको बैठकबाट शर्मा अध्यक्ष चयन भएका हुन् । 

अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष सपथ ग्रहण गरेका छन् । तत्कालीन अध्यक्ष रामबहादुर मानन्धरको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भए पश्चात शर्माले क्लियरिङ हाउसमा प्रतिनिधित्व गरेका हुन् । 

Advertisement

नेपाल क्लियरिङ हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो । 

Advertisement

Advertisement