सुपरमाई हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन, तपाईँ छुट्नु भयो कि ?

Advertisement

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आज माघ २३ गतेदेखि निष्काशन खुला गरेको आईपीओ गर्ने आज माद्ध २६ गते अन्तिम दिन हो । 

आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आईपीओ भर्न सक्ने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । 

Advertisement

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात् सर्वसाधारणका लागि प्रतिकित्ता रू एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)का बिक्री खुला गरेको हो । 

कम्पनीले आफ्नो जारी पुँजी रू ५० करोडको १० प्रतिशतले हुने रू पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र १० हजार कित्ता कर्मचारीलाई छुट्याइ सकेको छ । 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ४१ हजार ५ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् । आईपीओ १४–१५ लाखको आवेदन पर्ने भएकाले उक्त कम्पनीको आईपीओ १० कित्तामात्रै भर्दा हुन्छ ।  

कम्पनीले इलामको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको सीमा नदी ‘माई खोला’मा सात दशमलव आठ मेगावाट क्षमताको सुपरमाई हाइड्रोपावरको निर्माण गरेकोे छ ।

Advertisement

Advertisement