सौराहामा आजबाट ‘फुड फेस्टिवल’ सुरु, थकाली, नेवारी र थारू परिकार खान पाइने

Advertisement

काठमाडौं । चितवनको पर्यटकीय क्षेत्र सौराहामा रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) सौराहाको आयोजनामा आइतबारदेखि फुड फेस्टिबल सुरू भएको छ । 

‘भ्यालेन्टाइन्स डे’को अवसर पारेर आयोजना गरिएको यो महोत्सव तीन दिनसम्म चल्ने रेबान सौराहाका अध्यक्ष नरेश गिरीले बताए । रेबानले १७ वर्षदेखि भ्यालेन्टाइन्स डेमा फुड फेस्टिबलको आयोजना गर्दै आएको उनले बताए । 

Advertisement

फेस्टिबलमा थकाली, नेवारी र थारू समुदायका खानाका परिकारहरू रहने छन् भने रेष्टुरेन्टका नियमित परिकार पनि उपलब्ध हुने फेस्टिबलका संयोजक ध्रुव गिरीले जानकारी दिए । फेस्टिबल उद्घाटनको क्रममा सौराहामा विभिन्न आदिवासी समुदायको सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको उनले बताए । गिरिले भने, ‘कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रमा यस्ता कार्यक्रमले चहल पहल बढाउन मद्दत गर्नेछ ।’ 


 

Advertisement

Advertisement