पर्यटन मन्त्री किराँतीद्वारा विराटनगर विमानस्थलको आन्तरिक ट्रमिनल भवन शिलान्यास

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विराटनगर विमानस्थलको आन्तरिक ट्रमिनल भवनको शिलान्यास गरेका छन् । 

आज पर्यटन मन्त्री किराँतीले विराटनगर विमानस्थलको आन्तरिक ट्रमिनल भवनको शिलान्यास गरेका पर्यटन मन्त्री किरातीका प्रेस संयोजकराजन समिपले जानकारी दिए । 

Advertisement

विराटनगर विमानस्थलको आन्तरिक ट्रमिनल भवनको शिलान्यास गर्दै मन्त्री किरातीले विमानस्थलको आन्तरिक ट्रमिनल भवनको निर्माणले पूर्वि नेपाल हवाइ इतिहासमा एउटा कोसे ढुङ्गा स्थपित आजकै दिनदेखि गर्ने बताए । मन्त्री किराँतीले भने, ‘कुनै पनि काम सुरु गर्नु धेरै ठूलो कुरा हो, त्यो भन्दा पनि ठूलो कुरा समयमै सम्पन्न गर्नु हो ।’ समयमा सम्पन्न गर्नु मात्र ठूलो कुरा होइन, त्यो भन्दा पनि ठूलो कुरा सहज ढंगले सुदुपयोग गर्नु हो, उनले भने । 

विमानस्थलको बिस्तारको सम्बन्धमा यहाँको सम्भावना अध्ययन र आवश्यकता, सम्पूर्ण सरोकारवालाको र आम जनाताको आवश्यक बुझेर छिटो भन्दा छिटो यस कुरामा पनि अगाडि बढ्ने बताए ।

विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको ठेक्का केसी डाँफे जेभीले पाएको छ ।

Advertisement

Advertisement