सरकार र यातायात मजदुरहरुबीच सहमतिः उपत्यकाको सार्वजनिक सवारी बन्द फिर्ता

Advertisement

काठमाडौं । यातायात मजदुरहरुले आज काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री नारायणकाजी श्रेष्ठसहितका सरकारी प्रतिनिधि र यातायात मजदुरबीच आज बिहान भएको वार्तापछि बन्द फिर्ता लिने सहमति भएको हो । 

Advertisement

‘आफूहरूको माग सम्बोधन गर्न सरकार सकारात्मक भएकाले सवारी बन्द फिर्ता लिने सहमति भयो’, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए ।

Advertisement

Advertisement