‘खुम्बु ल्होसार कप’को फाइनलमा ठमिछोवा र नाम्चे भिड्ने

Advertisement

काठमाडौं । ‘खुम्बु ल्होसार कप’को फाइनलमा ठमिछोवा फुटबल क्लब र नाम्चे युवा क्लब भिड्ने भएका छन् । राजधानीको सानोगौचरणस्थित खेलमैदानमा शुक्रबार भएको सेमिफाइनलबाट एउटा टिम फाइनलका लागि छनौट भएको हो । 

आजको खेलमा नाम्चे युवा क्लबले र जुभिङ शेर्पा कुदिकलाई ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । नाम्चे युवा क्लबको जितमा निमा टासी शेर्पा म्यान अफ द म्याच घोषित भए । यसअघि बिहीबार ठमिछोवा फुटबल क्लबले बिहीबार जुभिङ शेर्पा कुदिकलाई १–० ले हराएर फाइनलमा प्रवेश गरेको थियो । 

Advertisement

शनिबार आमाडब्लम युवा क्लब र जुभिङ शेर्पा कुदिकबीच तेस्रो स्थानको लागि खेल हुँदैछ । त्यसपछि फाइनल खेल हुने आयोजकले जानकारी दिएका छन् । 

शेर्पा समुदायको नयाँ वर्ष तथा चाड ल्होसारको अवसरमा हरेक बर्ष आयोजना हुँदै आएको ‘खुम्बु ल्होसार कप’ ​खुम्जुङ युवा क्लबले आयोजना गर्दै आएको छ । ‘खुम्बु ल्होसार कप’को यो १३औं संस्करण हो । 

प्रतियोगिताको विजेताले १ लाख नगदसहित ट्रफि र मेडल प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टिमले ५० हजार नगद सहित ट्रफि र मेडल तथा तेस्रो हुने टिमले २५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् ।
 

Advertisement

Advertisement