यातायात क्षेत्रको समस्या एकीकृत रुपमा समाधान गर्छौंः मन्त्री श्रेष्ठ

Advertisement

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महाससंका अध्यक्ष हिरालाल श्रेष्ठ नेतृत्वको प्रतिनिध मण्डल र उपप्रधान र भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठबीच मन्त्रालयमा भेटवार्ता भएको छ । 

अध्यक्ष श्रेष्ठको नेतृत्व प्रतिनिधि मण्डलले मन्त्री श्रेष्ठलाई भेटेर बधाई दिदै मालबाहक यातायात क्षेत्रले भोग्दै आएका समस्या र समाधानका उपायबारे जानकारी गराएको महासचिव राजेन्द्रबिक्रम बानियाँले जानकारी दिए ।

Advertisement

विषेश गरी भारतीय मालबाहक सवारीको निर्वाध नेपाल प्रवेश, भारतीय गाडीको ओभर लोड नियन्त्रण, ओभर लोडका कारण नेपालका सडकमा भएको क्षति, जसबाट  स्वदेशी ट्रक व्यवसायीहरु परायन हुनुपर्ने अवस्था, बिमाको क्षेत्रमा देखिएको कानुनी जटिलता, काठमाडौंमा ट्रक पार्किङ लगायत समस्याहरु बारेमा मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको हो । 

ट्रक व्यवसायीहरुको समस्या र समाधानको उपायहरु सुनिसकेपछी मन्त्री श्रेष्ठले सबै समस्याहरुलाई एकीकृत रुपमा समाधान लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष श्रेष्ठ,  उपाध्यक्ष बिष्णुप्रसाद न्यौपाने, महासचिव बानियाँ, ध्रुव अर्याल , मधेश संयोजक अर्जुनबहादुर सापकोटा, बागमती प्रदेश केन्द्रीयहरु रोहित श्रेष्ठ, सरोजकुमार खनाल , बद्रीप्रसाद चौलागाईं र कार्यालय सचिव रामचन्द्र न्यौपाने साथै अन्य ट्रक व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Advertisement

Advertisement