बक्यौता नतिर्ने एयरलाइन्सको क्यानले नयाँ उडान तालिका स्वीकृत नगर्ने

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न विमानस्थलहरुमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म वायुसेवा कम्पनीहरुको नयाँ उडान तालिका स्वीकृत नहुने बताएको छ । 

प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले वायुसेवा कम्पनीको आगामी चैत १८ तारिखदेखि लागू हुने प्रस्तावित ‘डोमेस्टिक समर स्केजुल २०२३’ आउँदो फागुन १६ भित्र पेश गर्न र विभिन्न विमानस्थलमा सेवा सञ्चालन गरेवापत गत पुस १६ सम्मको प्राधिकरणलाई तिर्न÷बुझाउन बाँकी बक्यौता चुक्ता गरेको प्रमाण पेश गर्न निर्देशन दिएको छ । 

Advertisement

त्यस्तै, हेलिकप्टर कम्पनीहरुले आगामी दिनमा प्राधिकरण, प्रधान कार्यालयबाट उडान अनुमति प्राप्त गर्नुपूर्व विभिन्न विमानस्थलहरुमा सेवा सुविधा उपयोग गरेबापत गत पुस १६ सम्मको प्राधिकरणलाई तिर्न÷बुझाउन बाँकी बक्यौता रकम भुक्तानी गरी सोको प्रमाण पेश गर्न पनि निर्देशन दिइएको छ । 

Advertisement

Advertisement