Advertisement

काठमाडौं । सर्वोच्च अदालतले लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गर्दै विदेश जान दिन यसअघि लगाएको प्रतिवन्ध पनि फुकुवा गरेको छ । 

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गत पुस २८ गतेको आदेश सोमबार सदर गरेको हो ।

Advertisement

नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसविरुद्ध सरकारी वकिलको कार्यालय, सर्वोच्च अदालत गएको थियो भने लामिछानेले क्रिकेट खेल्न विदेश जाने अनमुति माग गर्दै निवेदन दिएका थिए ।

Advertisement

Advertisement