पर्वतारोही चतुर तामाङद्वारा १२१औं पटक माउन्ट एल्ब्रसको सफल आरोहण

Advertisement

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को १२१ औं पटक आरोहण गर्न सफल भएका छन् । 

सोमबार रुसी समयअनुसार बिहान ८ बजे उक्त हिमालको सफल आरोहण गरेको तामाङले कर्पोरेट नेपाललाई जानकारी दिए । सोलुखुम्बु मापिया दुधखोसी गाउँपालिकाका उनले १२१ औं पटक सो हिमाल चढ्न सफल भएका हुन् । 

Advertisement

तामाङले सन् १९९५ बाट पर्वतारोहणको यात्रा सुरु गरेका तामाङले २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । उनले दुई सय पटक माउन्ट एल्ब्रस चढ्ने लक्ष्य रहेको सुनाए । तामाङले २०२३ को अगस्ट सम्म थप २० पटक माउन्ट एल्ब्रसको आरोहण गर्ने योजना रहेको बताए ।

हालसम्म तामाङले सगरमाथा पाँच पटक, ल्होत्से दुई पटक, कञ्चनजंघा, चोयु, मनास्लु सात–सात पटक, अमादब्लम तीन पटक, बरुन्ट्से एक पटक, आइसल्यान्ड पिक १६ पटक, मेरा पिक १७ पटक आरोहण गरेका छन् ।

Advertisement

Advertisement