बक्यौता नतिरेको भन्दै क्यानले नेपाल एयरलाइन्सको रेसुंगा उडान रोक्यो

Advertisement

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिरेको भन्दै नेपाल वायुसेवा निगमको रेसुंगा विमानस्थलको उडान रोकेको छ । 

निगमको जहाजले रेसुंगा विमानस्थलमा आजबाट परीक्षण उडान गर्ने कार्यक्रम थियो । प्राधिकरण स्रोतका अनुसार निगमले विगत लामो समयदेखि प्राधिकरणलाई तिर्नुपर्ने रकम नतिरेकाले त्यो रकम तिर्न पनि पत्राचार गरिएको छ । पत्रमा बक्यौता फच्र्यौट नहुन्जेलसम्म कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अनुमति प्रदान नगर्ने प्राधिकरणले चेतावनी दिएको छ । 

Advertisement

स्रोतले शुक्रबारसम्म प्राधिकरणलाई रकम तिर्न समय दिएको र रकम तिरेपछि मात्रै उडान अनुमति दिने बताएको छ । 

Advertisement

Advertisement