गत महिना भित्रिए ७३ हजार पर्यटक, कुन देशबाट कति ?

Advertisement

काठमाडौं । सन् २०२३ को फेब्रुुअरी महिनामा मात्र ७३ हजार २ सय ५५ जना पर्यटक हवाईजहाजबाट नेपाल भित्रिएका छन् । त्यस्तै, ६५ हजार ५ सय ७४ जन पर्यटक बाहिरिएका छन् । ​

भारतबाट १८ हजार, अमेरिकाबाट ७ हजार ८ सय ८७, थाइल्याण्डबाट ४ हजार ८ सय २, बेलायतबाट ४ हजार ३४५, दक्षिण कोरियाबाट ३ हजार २४६, अष्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार १७५ र जर्मनीबाट २ हजार १०८ जना पर्यटक नेपाल आएको पर्यटन बोर्ड जनाएको छ ।

Advertisement

नेपाल पर्यटन बोर्डका अनुसार जनवरी र फेब्रुुअरी दुई महिनाको अवधिमा १ लाख २८ हजार ३२९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । 

२०२२ को फेब्रुुअरी महिनामा १९ हजार ७ सय ८८, २०२१ को फेब्रुुअरी महिनामा ९ हजार एक सय ४६ जना पर्यटक भित्रिएका थिए । 

Advertisement

Advertisement