भिभोले घटायो दुई वटा स्मार्टफोनको मूल्य

Advertisement

काठमाडौं । चिनियाँ मोवाइल ब्राण्ड भिभोले आफ्ना दुई वटा स्र्माटफोनको मूल्य घटाएको छ । भिभो नेपालले भी र वाई सिरिजका नवीनतम स्मार्टफोन– भी२५ई र वाई१५सी मोडलहरूको मूल्य घटाएको जनाएको हो । 

भी२५ई (८+१२८ जीवी)को पूरानो मूल्य ४२ हजार ९९९ रहेकोमा तीन हजार रुपियाँ घटाएर ३९ हजार ९९९ रुपियाँ कायम गरिएको छ भने १७ हजार ९९९ मूल्य रहेको भिभो वाई१५सी को मूल्य तीन हजारले घटाएर १४ हजार ९९९ रुपियाँ कायम गरिएको छ । 

Advertisement

नयाँ सहुलियत मूल्य जारी मार्च महिनाभरीका लागि मात्रै भएको बताउँदै ब्राण्डले नेपालका सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा घटेको मूल्यमा मोवाइल किन्न सकिने बताएको छ । 

Advertisement

Advertisement