आरिफ र आसिफ टेक्नो मोवाइलको ब्रान्ड एम्बेसडर नियुक्त

Advertisement

काठमाडौं । प्रतिष्ठित मोवाइल ब्राण्ड टेक्नोले प्रसिद्ध नेपाली क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ बान्ड एम्बेसडर नियुक्त गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा यसको घोषणा गरिएको हो । 

आफ्नो नवीन शैली र पहुँचका कारण लोकप्रिय रहेको टेक्नोले आरिफ र आसिफले ब्राण्डको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’ भावलाई दर्शाउने विश्वास लिएको छ ।  टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले खेलाडीहरूको खेलकुदप्रतिको समर्पण आफूहरुको ब्रान्डको स्टप एट नथिङसँग मेल खाने बताए । टेक्नोसँगको आरिफ र आसिफको सम्बन्धले आफूहरुको ब्रान्ड छवि र युवाहरुको संलग्नतालाई अझ उच्च बनाउने उनको विश्वास छ । 

Advertisement

आरिफ शेखले एक क्रिकेटरको हैसियतमा आफूले टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्ने बताए । आसिफ टेक्नो नेपालको उत्कृष्टता आफ्नो जोश र जाँगरसँग मिल्दोजुल्दो रहेको बताए । 

टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले टेक्नोको नवप्रवद्र्धनप्रतिको समर्पण र जोशसँगै यस सहकार्यले आफूहरुलाई युवा पुस्तासँग जोडिन मद्दत गर्ने बताए । 

टेक्नोका नेपालले सबै जिल्लामा आफूहरुको बलियो उपस्थिति रहेको र १० प्रतिशत बजार हिस्सा ओगटेको दावी गर्दै टेक्नो नेपालको पाँचौ शीर्ष ब्रान्ड भएको बताए । 

टेक्नोको नेपालभरका ५० वटा सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको बताउँदै कम्पनीले सय दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो एक मात्र ब्रान्ड भएको बताएको छ । साथै, कम्पनीले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिश र नवीन प्रविधिहरू प्रदान गर्ने क्रम जारी राख्ने बताएको छ । 

टेक्नो ७० भन्दा बढी देशमा रहेको प्रविधि ब्रान्ड हो । टेक्नो मोवाइल उत्कृष्ट र नयाँ प्रविधिहरू अनलक गर्न प्रतिबद्ध रहेको बताउँदै स्टाइलिश र बौद्धिक उत्पादनहरुसँगै टेक्नोले विश्वभरका उपभोक्ताहरूलाई आफ्नो उत्कृ‌ष्ट शैली र उत्कृष्ट भविष्यको लागि निरन्तर अग्रसर रहन प्रेरित गर्दछ भनेको छ । 

Advertisement