त्रिभुवन विमानस्थलको महाप्रवन्धकमा प्रतावबाबु तिवारी, गौतमबुद्धमा हंशराज पाण्डे

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा प्रतावबाबु तिवारीलाई नियुक्त गरेको छ । 

त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा हंशराज पाण्डेलाई नियुक्त गरिएको प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि महाप्रवन्धक रहेका प्रेमनाथ ठाकुर विदेशी एयरलाइन्ससँग धुस मागेको आरोपमा केही दिनअघि निलम्बित भएपछि सो पद रिक्त थियो । 

Advertisement

Advertisement

Advertisement