काठमाडौं । एकीकृत समाजवादीका नेता तथा सो पार्टीका अध्यक्ष माधव नेपालका भाई सरोज उपाध्यायको घरबाट खसेर मृत्यु भएको छ ।
शनिबार उनी शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर गम्भीर घाइते भएका थिए । उपाध्यायलाई घाइते अवस्थामा देखेपछि दुई जना युवाले तत्काल उद्दार गरेर सिभिल अस्पताल पुर्याएका थिए ।
त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएका उपाध्याय सोही अस्पतालमा मृत्यु भएको हो । उनी घरबाट हाल्फालेको वा खसेको भन्ने कुरामा फरक फरक आशंका र भनाईहरु आएकाले के भएको हो अझै पनि स्पष्ट हुन सकेको छैन् । उनी खसेको छैटौं तलामा झुक्किएर खस्ने ठाउँ देखिन्न ।