आर्थिक संकट समाधानका विषयमा प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रसँग छलफल शुरु

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्षकमल दाहालले निजी क्षेत्रसँग छलफल शुरु गरेका छन् । दाहालले निजी क्षेत्रका सबै पक्षसँग छलफल शुरु गरेका हुन् ।

आइतबार मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल शुरु भएको हो ।

Advertisement

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल लगायत मुख्यसचिव शंकरदास बैरागी सहभागी छन् ।

उक्त छलफलमा बैंकिङ क्षेत्रका विशिष्ट व्यक्तिहरुको पनि सहभागिता छ । 

आर्थिक अवस्था बिग्रदै गएपछि अवस्था सुधारका लागि प्रधानमन्त्री दाहालले चासो देखाएका हुन् ।  

Advertisement

Advertisement