Advertisement

काठमाडौं । अर्थविद् प्राडा अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन् । मंगलवार काठमाडौं विश्वविद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको कार्यक्रममा उनले सरकारले बनाउने वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित बनाउन सहयोग मिल्ने सम्मेलनको उद्देश्य रहेको बताए । 

वाग्लेले नेपालमा उत्पादन भएका वस्तुहरुको विदेशमा निर्यात बनाउनको लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको बताए । उनले तथ्य तथ्याङ्कमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशी कति वस्तुहरु निर्यातको सम्भावना छ ? अहिलेसम्म कति निर्यात भएको छ ? भन्ने विषयमा जानकारी नहुने बताए ।

Advertisement

वाग्लेले भने, ‘नेपालमा जति पनि वाणिज्य दिगोपनको लागि नीतिहरु बनिरहेका छन्, त्यस्ता नीतिहरु तथ्य तथ्याङ्कमा आधारित छैन् । त्यस्ता नीतिलाई परिवर्तन नगरी नेपालमा उत्पादन भएर निर्यात हुनसक्ने वस्तुको सम्भाव्यता के हुन् ? कुन आकारमा निर्यात हुन्छ ? अहिलेसम्म सरकारले बनाएका नीतिहरु के भएर फेल भए ? थाहा हुँदैन् । नेपालमा व्यापार धेरै चासोको विषय छ । नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्नेछ । सबै अनियमितता, न्युन विजकीकरण हेर्दा कुल गार्हस्थ्य उत्पादनको प्रतिशत जतिकै व्यापार घाटा हुने देखिन्छ । यो आर्थिक दिगोपनका दृष्टिले जोखिमपूर्ण छ ।’

सम्मेलन मंगलवार र बुधवार गरी दुई दिनसम्म चल्नेछ । सम्मेलनमा भारत र पोल्याण्डका प्रोफेसरहरुको सहभागिता रहेको छ भने भारतबाट पूर्व वाणिज्य सचिव अनुप वाधवान सहभागी छन् । 

Advertisement

Advertisement