माथिल्लो तामाकोशी बनाएका विज्ञान श्रेष्ठको घिसिङले म्याद थपेनन्, नयाँ सीईओ नियुक्त

Advertisement

काठमाडौं । चार सय ५६ मेगावाटको महत्वाकांक्षी जलविद्युत आयोजना सफलतापूर्वक निर्माण गर्ने कार्यको नेतृत्व गरेका विज्ञान श्रेष्ठको म्याद नथपी नेपाल विद्युत प्राधिकरणका अर्का कर्मचारीलाई अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक अध्यक्ष रहने कम्पनीको सञ्चालक समितिले श्रेष्ठको करार अवधि नथपी मोहन गौतमलाई नियुक्त गरेको हो । श्रेष्ठ प्राधिकरणबाट सेवा निवृत भए पनि ठूलो आयोजना बनाउन सफल भएकाले उनलाई एक बर्ष करार अवधिमा सीईओ कायम राखिएको थियो । 

Advertisement

सरकारको समीकरणमा फेरबदल हुन लागेको बेला प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले श्रेष्ठलाई बिदा गरेर गौतमलाई सीईओ बनाइएका हुन् । श्रेष्ठ सत्तारुढ घटकहरु नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैसँग निकट मानिन्नन् । राजनीतिक कारणले तपाईंलाई हटाएको हो ? भन्ने प्रश्नमा उनले स्वीकार गर्न चाहेनन् । श्रेष्ठले भने, ‘एक बर्षे करार अवधि सक्कियो । अब के बस्नु जस्तो लागेर छोडेको हो ।’ 

स्वदेशी लगानीमा निर्माण भएको यो आयोजना निर्माण सम्पन्न भई हाल विद्युत उत्पादन भइरहेको छ । 

Advertisement

Advertisement