मेसिलाई अल हिलालको ५७ अर्ब ७४ करोड तलब प्रस्ताव, मिनेटमै १ लाख १२ हजार कमाई

Advertisement

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीलाई ठूलो पारिश्रमिक सहित फुटबल खेल्ने प्रस्ताव आएको छ। मेसीलाई वार्षिक ४ सय मिलियन युरो अर्थात ५७ अर्ब ७४ करोड रुपैंया पारिश्रमिक सहित फुटबल खेल्ने प्रस्ताव आएको हो।

साउदी अरबको प्रो लिग अल हिलालबाट मेसीलाई ठूलो प्रस्ताव आएको अन्तर्राष्ट्रिय खेलकुद पत्रकार फाब्रिजियो रोमानोले बताएका छन्। उनले फेसबुक तथा ट्वीट गर्दै मेसीलाई ठूलो प्रस्ताव आएको जानकारी दिएका हुन्। अल हिलाल साउदी अरबको प्रो लिगको क्लब हो। यो क्लब २१ खेल खेलेर लिगको तेस्रो स्थानमा छ। मेसीका एजेन्ट तथा बुवा जर्ज २० दिन अघि साउदी अरब पुगेका थिए। सो क्रममा मेसीलाई ठूलो पारिश्रमिक सहित फुटबल खेल्ने प्रस्ताव आएको हो।​

Advertisement

मेसी हाल फ्रान्सेली क्लब सेन्न पेरिस जर्मन पिएसजीबाट फुटबल खेलिरहेका छन्। पछिल्लो समय क्लबसँग मेसिको सम्बन्ध भने बिग्रन सुरु गरेको छ। समर्थकहरुले फ्रान्सलाई विश्वकप जित्न नदिएको भन्दै मेसीलाई मैदानमै गिज्याउने गरेका छन्। पीएसजीका समर्थकको व्यावहारबाट मेसी सन्तुष्ट नरहेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।

मेसीको सम्झौता पिएसजीसँग सिजनको अन्तिमसम्म मात्रै छ। यद्यपी मेसीको सम्झौता थप गर्न क्लबले प्रयास भने गरिरहेको छ। यस्तै पुर्व क्लब बार्सिलोना पनि मेसीलाई क्लब पर्काउन लागि परेको छ।

मेसीले साउदी अरब क्लबको सो प्रस्ताव स्वीकार गरे उनी इतिहासमै सबैभन्दा धेरै पारिश्रमिक लिने फुटबल खेलाडी बन्ने छन्। हाल यो किर्तिमान पोर्चुगलका खेलाडी क्रिष्टयानो रोनाल्डोको नाममा रहेको छ। हाल रोनाल्डोले अल नासरमा व्यावसायिक फुटबल खेलिरहेका छन्।

उनले सो क्बलबाट वार्षिक २ सय मसलियन अमेरिकन डलर पारिश्रमिक लिइरहेका छन्। यदि मेसी सो प्रस्ताव स्वीकार गरे रोनाल्डोको भन्दा दोब्बर तलब सुविधा हुनेछ।  यस्तै प्रति मिनेटको कमाई नै १ लाख १२ हजार हुनेछ।  

Advertisement

Advertisement