नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन लगानीकर्ताको माग

Advertisement

काठमाडौं । शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरुमा आर्थिक तथा मनोबैज्ञानिक असर परेको भन्दै ध्यानाकर्षण जनाइएको छ । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पूँजीबजार लगानीकर्ता संघ सुदूरपश्चिम संयोजक कुमार थापासहितको टोलीले आज नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल समक्ष १० बुँदे माग पेश गरेका हुन् । 

Advertisement

उक्त माग पत्रमा सर्वोच्च अदालतले रिट खारेज गरपछिको अवस्थामा नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेञ्ज लाइसेन्सको काम यथासिघ्र प्रकृयामा लगेर पूरा गर्न माग गरिएको छ । 

साथै राष्ट्र बैंकले ल्याएको शेयर कर्जाको सीमा १२ करोडको नीतिलाई खारेज गर्न र शेयर कर्जाको भारित औषत दर १०० प्रतिशतनै कायम गर्न विशेष पहलको माग गरिएको हो । 

रिट खारेजपछि ब्रोकर, स्टक र कमोडिटी एक्सचेञ्जको नयाँ लाइसेन्स वितरणको बाटो खुल्यो

उक्त अवसरमा पूँजीबजारको इतिहासमा सबैभन्दा बढी पूँजीकृत रकम १५ खर्बको हाराहारी भन्दा बढी गुमाइसकेको अवस्थामा सम्बन्धित निकायहरु मौनरहेको र ५५ लाख भन्दा बढी लगानीकर्ताहरु मर्माहत भएको इन्भेष्टर्स फोरमका अध्यक्ष ढकालले बताए ।

यस्तो छ लगानीकर्ताहरुको १० बुँदे माग:

 

 
 
 

Advertisement

Advertisement