स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत दिल्ली लगियो

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधबार भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । 

राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो। उनको फोक्सोमा केही समयदेखि निमोनिया देखिएको छ । 

Advertisement

पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लैजान लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो। 

Advertisement

Advertisement