मेन्छियाम हाइड्रोको आईपीओ भर्ने विहीबार अन्तिम दिन

Advertisement

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले बैशाख ४ गते सोमबारदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने ७ गते विहीबार अन्तिम दिन हो । 

विहीबार कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आईपीओ भर्न पाउने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । 

Advertisement

कम्पनीका कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरी सर्वसाधारणका लागि ९ लाख ३४ हजार ९ सय १५ कित्ता आईपीओ निष्काशन गरेको हो । 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ९४ हजार ४ सय ८६ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् । 

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ बिक्री गरिसकेको छ । 

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा ४.७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । त्यस्तै पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुवा १ आयोजना निर्माण गर्नको लागि अनुमति पत्र पेश गरेको जनाएको छ । 

Advertisement

Advertisement