शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ९० वटा हिउँ चितुवा
फाइल तस्बिर

Advertisement

काठमाडौं । नेपालले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको अवस्था सार्वजनिक गरेको छ । व्यवस्थित क्यामेरा ट्र्याप सर्वेक्षणले प्रतिएक सय वर्गकिलोमिटरमा दुई दशमलव दुई हिउँ चितुवाको सङ्ख्या घनत्वका साथ निकुञ्जमा ९० हिउँ चितुवाको अनुमानित सङ्ख्या रहेको पत्ता लागाएको छ ।

नेपाल सरकारको नेतृत्वमा र स्थानीय आदिवासी समुदाय, वैज्ञानिक, युवा संरक्षणवादी र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) सँगको साझेदारीमा उक्त सर्वेक्षण गरिएको हो । संरक्षण साझेदार डब्लुडब्लुएफ नेपालको आर्थिक र प्राविधिक सहयोगमा निकुञ्जले यो सर्वेक्षणको नेतृत्व गरेको थियो ।

Advertisement

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले यो उपलब्धि सबैका लागि गर्वको विषय भएको बताउँदै यसले देशमा हिउँ चितुवाको सङ्ख्या अनुमान गर्ने मञ्च निर्माण गरेको उल्लेख गर्नुभयो । लोपोन्मुख अवस्थामा रहेको हिउँ चितुवा स्वस्थ हिमाली इकोसिस्टमको सूचक हो । हिउँ चितुवाहरूले हाल वन्यजन्तु अपराध, प्रतिशोधात्मक हत्या, र जलवायु परिवर्तनको प्रभावबाट बासस्थानमा खतराको सामना गर्नुपरेको छ ।

यस निकुञ्जमा वैज्ञानिक सर्वेक्षण गरिएको यो पहिलो पटक हो । डब्लुडब्लुएफ नेपालका देशीय प्रतिनिधि डा घनश्याम गुरुङले स्थानीय समुदाय र हिउँ चितुवा यस क्षेत्रमा सँगै फस्टाउन सुनिश्चित गर्नका लागि समग्र संरक्षण प्रयास जारी राख्न आवश्यक रहेको बताउनुभयो ।

‘ग्लोबल स्नो चितुवा र इकोसिस्टम प्रोटेक्सन प्रोग्राम’को प्राथमिकताहरू अनुरूप, नेपालले हाल पश्चिमी हिउँ चितुवा ल्यान्डस्केपका लागि ‘जलवायु–स्मार्ट स्नो लियोपार्ड र इकोसिस्टम व्यवस्थापन योजना’ (२०१७–२०२६) को विकासमा काम गरिरहेको छ ।

वन्यजन्तु अपराधविरुद्ध सुधारिएको सुरक्षा, पशु बीमा र राहत योजनाहरू र समुदायको सुधारिएको जीविकोपार्जनलगायत सबै समग्र दृष्टिकोणका कारण हिउँ चितुवा संरक्षणमा यो उपलब्धि भएको बताइएको छ । यस क्षेत्रका उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न विश्वव्यापी रूपमा हिउँ चितुवाको दिगो भविष्य सुरक्षित गर्न नेपाल सरकारको नेतृत्वमा प्रयासहरू जारी छन् ।

Advertisement

Advertisement