काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दिएका छन् । चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी हुन लागेका उनले आफ्नो जीत सुनिश्चित भएपछि यस्तो संकेत गरेका हुन् ।
लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नरहेको बताउँदै भनेका छन, ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन् ।’
यद्यपि यद्यपि आफ्नो पार्टी सरकारमा जाने संभावना पनि नरहेको उनले बताए । लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अस्थिरता नहोस भनेर गलत कुरालाई बोक्न नसकिने बताएका छन् । काठमाडौं आएर नयाँ सरकारको तयारीबारे पनि छलफल गर्ने उनले बताएका छन् ।
स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिनासाथै प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत लिनुपर्ने हुन्छ ।