नर्वेकी क्रिस्टिनले गरिन शिशपाङ्मा हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । आरोही क्रिस्टिन हरिलाले विश्वको चौथो अग्लो शिशपाङ्मा हिमाल (८,०२७ मिटर)को सफल आरोहण गरेकी छन् ।

नेपाली माउन्टेन गाइड र तिब्बती माउन्टेन गाइडसहित नर्वेकी आरोही क्रिस्टिनले बुधबार राति नेपाली समय अनुसार २ः५० मिनेटमा शिशपाङ्मा हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिए । 

Advertisement

नेपाली माउन्टेन गाइडहरु तेन्जेन शेर्पा आक लामा, पेम्बा तेन्जिङ शेर्पा, छिरिङ वोङ्चु शेर्पा, ङ्गिमा रीता शेर्पा, तिब्बती आरोहीसहित नर्वेकी आरोही क्रिस्टिन, विरिडियाना अल्काराज चाभेज, सोफी मारी–थेरेस लवाउड, माथियाज माइथलबस्ट र एक चिनियाँ नागरिकले पनि उक्त हिमालको सफल आरोहण गरेका हुन् । 

अब उनीहरुले चो ओयु हिमालको पनि आरोहणको तयारीमा रहेको उनले जानकारी दिए । आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल छ महिनामा आरोहण गर्ने लक्ष्य राखेकी क्रिस्टिनले तीमध्ये १३ वटा हिमालहरु आरोहण गरिसकेकी छन् । अब उनले चो ओयु मात्र चढ्न बाँकी छ । 

Advertisement

Advertisement