‘अनिवार्य गाइड लैजानुपर्ने र टिम्सको अव्यवहारिक नियमले पर्यटकहरुमा अन्योलता बढायो’

Advertisement

काठमाडौं । गत चैत १८ तारिखदेखि लागू हुनेगरी नेपाल पर्यटन बोर्डले कोही पनि पर्यटक एक्लै पदयात्रामा जान नपाउने र पदयात्रामा जाँदा अनिवार्य रूपमा पथप्रदर्शक (ट्रेकिङ गाइड) लैजानुपर्ने निर्णय गरेको थियो । तर त्यसको लागि चेक प्वाइट नहुँदा यो निर्णय लागू भइरहेको छ कि छैन् ? टे«किङ कम्पनीहरुले यसको पालना गरिरहेका छन कि छैनन् ? पर्यटकहरुमा अन्योलता हुने गरेको छ । 

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बोर्डको निर्णय प्रभावकारीरुपमा लागू भएनभएका कुरामा फरक फरक कुराहरु आएबाट पर्यटकहरुमा अन्योलता बढेको बताए । उनले भने, ‘हालै हामीले भारतको चार वटा शहरमा पर्यटन प्रवर्द्धन गर्यौं । त्यहाँ उनीहरुले चासो देखाएनन् । बोर्डले पनि निर्णय त गर्यो अनिवार्य गाइड लाने भनेर । तर अहिलेसम्म लागू भने भए जस्तो लाग्दैन् ।’ 

Advertisement

पर्यटन बोर्डले गत चैत १८ (अप्रिल १)बाट अनिवार्य गाइड लिएर पदयात्रा जानुपर्ने भने पनि त्यो नियमको लागू भएको नदेखिएको भन्दै अधिकारीले स्थानीय पालिकाका फरक फरक धारणा, चेक प्वाइन्टको व्यवस्था नहुँदा गाइड लिएर गए पनि हुने, नलिई गए पनि हुने जस्तो देखिएको बताए । उनले अहिलेसम्म टे«किङ कम्पनीहरुले टिम्स कार्ड लिएर पदयात्रा चलाइरहेको जस्तो आफूलाई नलाग्ने गरेको बताए । 

चेक प्वाइन्ट नभएपछि अनिवार्य रुपमा गाइड लाने कुराको कुनै अर्थ नहुने अधिकारीको भनाई छ । उनले टिम्सको अनुमति पनि महँगो, गाइड र सहयोगी लैजाँदा खर्च धेरै लाग्ने अवस्था रहेको बताए । अधिकारीले पूर्वाधार तयार नगरी यस्तो नियम लागू गरिएकाले अन्योता सिर्जना भएको बताए । अनिवार्य गाइड लैजानुपर्ने नियम पालना भएनभएको चेक गर्ने कोही नभएको उनले बताए । 

पर्यटन बोर्डको नियम धार्मिक पर्यटकहरुलाई लागू गर्दा समस्या सिर्जना हुने अधिकारीले बताए । उनले भने, ‘भारतीय पर्यटकहरु जो धार्मिक हिसाबले आउँछन्, उनीहरुलाई यो निर्णय कार्यान्वयन गर्दा पक्कै पनि नेपालको पर्यटनलाई असर गर्छ यो विषयमा बोर्डलाई सुझाव पनि हामीले पठाइसकेका छौं ।’ 

साथै, अधिकारीले मुक्तिनाथ जस्ता धार्मिक क्षेत्र घुम्न आउने पर्यटकलाई टिम्स कार्ड लिनुपर्ने, त्यसमाथि कार्डको मूल्य बढाउने कुरा अव्यवहारिक भएको बताए । उनले भने, ‘पर्यटकहरु धार्मिक यात्रामा जाने भनेको मुक्तिनाथ हो । मुक्तिनाथ फेरि अन्नपूर्ण क्षेत्रमा पर्यो । त्यो प्रतिबन्धित क्षेत्रभित्र पर्यो । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यो । त्यहाँ जानको लागि अनुमति लिनैपर्ने । अन्नपूर्ण संरक्षण क्षेत्रमा जाँदा अनुमति लिनुपर्यो । टिम्स कार्ड पनि लिनुपर्यो । टिम्स भनेको पदयात्रीलाई व्यवस्थापन गर्न बनाएको हो । जुन पर्यटक पदयात्री नै होइन, उनलाई टिम्स चाहिने कुराले धार्मिक पर्यटकहरुमा असर गर्छ ।’ 

Advertisement

Advertisement