नयाँ डिएफओ आउने वित्तिकै वनमा आगो लगाउनेलाई पक्राउ गरी कारवाही सुरु

Advertisement

काठमाडौं । गुल्मीमा नयाँ डिएफओ आउने बित्तिकै आगो लगाएको भन्दै एक जनालाई पक्राउ गरी कारवाही अघि बढाइएको छ । 

गुल्मीको ईश्मा गाउँपालिका वडा नम्बर ५ स्थित ईश्मा जडिबुटी उद्यानमा चार दिनअघि स्थानीय कृष्णबहादुर बस्नेतले आगो लगाएको डिभिजन वन कार्यालय गुल्मीका कर्मचारीले बताएका छन् । 

Advertisement

आगो लगाएका कारण उनलाई डिभिजनका कर्मचारीले पक्राउ गरी वन अपराधमा अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कारवाही अघि बढाइएको छ । 

उक्त आगलागीबाट करोडौं रुपियाँ खर्च गरी निर्माण गरेको उद्यानमा रोपिएका सय वटाभन्दा बण्ी बहुमूल्य जडिबुटी प्रजातिका रुखहरु नष्ट भएको र आधा हेक्टर वन क्षेत्रमा क्षति पुगेको कार्यालयको भनाई छ । 

वन ऐन, २०७६ अनुसार यसरी वनमा आगजनी गर्नेलाई ६० हजार जरिवाना वा तीन बर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । 

वन वातावरण जस्तो संवेदनशील विषयमा जिल्लास्थित राजनीतिक दलहरुले सहयोग र प्रसंशा गर्नुपर्नेमा उल्टै डर, धाक, धम्की दिई अनुसन्धान कार्यमा बाधा पुर्याउन खोज्ने कुराले दुःख लागेको डिभिजनल वन अधिकृत जीवन पगेनीले बताए । 

Advertisement

Advertisement