पर्यटनमन्त्रीलाई रवि लामिछानेको चिन्ता, मागेको मन्त्रालय दिनुपर्ने प्रस्ताव, आफू त्याग गर्न तयार

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने तर्क अघि सारेका छन् । 

होटल व्यवसायी महासंघ र नेपाल पर्यटन बोर्डद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले उपनिर्वाचनबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेको बारेमा चिन्ता लिएका हुन् । किरातीले भने, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ । त्यसको लागि मैले के त्याग गर्नुपर्छ ? तयार छु ।’ 

Advertisement

उनले थपे, ‘हजारौं जनताको बलिदानीबाट प्राप्त यो व्यवस्थाले अझै जरा गाड्न सकेको छैन्, जसका कारण जनताको दिन दैनिकी दयनीय बन्दै गइरहेको छ । देशको अर्थतन्त्र र्जरर्जर अवस्थामा छ । यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौँ ।’ 

विशेषगरी ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठको कारण जनतामा आक्रोस बढेको बताउँदै किरातीले भने, ‘हामी राजनीतिको नाममा धेरै विभाजित भयौं । अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ ।’

मन्त्री किरातीले अहिले पनि राणकालीन कानुन बोकेर हिँड्नु परेको भन्दै एउटा व्यवसाय दर्ता गर्न सात वटा मन्त्रालय र २२ वटा विभाग र सयौं टेबल पुग्नुपर्ने अवस्था रहेको बताए । उनले विदेशी पर्यटकलाई नेपाल भित्राउन झन्झटिलो नियम कानुन छन् भन्दै पैसामा चावी लगाएर मरूभूमिमा श्रम गर्न पठाउने हाम्रो नीतिमा मै खोट रहेको बताए । युवालाई खाडी पठाएर तिनले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको, तर तिनलाई नै आज प्लेनको टिकट महँगो भएकोले सास्ती भइरहेको किरातीको भनाई छ । 

होटल व्यवसायीले पाहुनालाई कहिल्यै नबिर्सने सेवा दिएपछि मात्रै पर्यटनको सुन्दर आधार बन्ने उनले बताए । 

Advertisement

Advertisement