स्वतन्त्र पार्टी अहिलेको सरकारमा सहभागी हुने दावी

महावीर पुनलाई मैले नै आन्दोलनमा उतारेको हुँः प्रधानमन्त्री दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारले आन्दोलनमा उतारेको जिकिर गरेका छन् । 

सोमबार भरतपुरमा आयोजित एक कार्यक्रममा उनले सरकारले नै महावीर पुनलाई आन्दोलनमा उतारेको जिकिर गर्दै लोकप्रियताका लागि जस लिन खाजेका हुन् । पुनले अनुसन्धान नवप्रवर्द्धन र आविस्कारका लागि नीतिगत व्यवस्था र पर्याप्त बजेट विनियोजन गर्नुपर्ने भन्दै अनिश्चितकालिन धर्ना सुरु गरेका छन् । पुनले आफ्नो आन्दोलनलाई जनआन्दोलन पनि भनेका छन् । 

Advertisement

दाहालले वैशाख १४ गते महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको बताए । उनले महावीर पुनले आफूसँग केही माग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको बताए । दाहालले सरकारले महावीर पुनलाई वास्ता गरेन भन्नु गलत भएको बताए । 

उनले भने, ‘महावीर पुन माईतीघर मण्डलामा बस्ने अघिल्लो दिन मसँग आउनुभएको थियो, बालुवाटारमा । राम्रो कुराकानी भयो । केही माग गर्नुभएको छ । जिडिपीको एक प्रतिशत भन्नुभएको रहेछ, तर त्यसको होइन, अहिलेको आर्थिक अवस्था हेर्दा विकासको त्यसमा राम्रो छलफल भयो । म त माईतीघरमा बस्छु है कस्तो हुँदो रहेछ भनेर भन्नुभएको थियो, मैले नै भन्न त मिलेन, तर तपाई बस्नुभए सजिलो हुन्छ बजेट बनाउन भनेको थिएँ, सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । सरकारसँगै छलफल गरेर, सल्लाह भएर उहाँ बस्नुभएको हो । म उहाँका माग सम्बोधन गर्छु ।’

प्रधानमन्त्री दाहालले पूर्वलडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको जिकिर गर्दै तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र काँग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको बताए । 

तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्नेगरी फैसला भएकाले रकम दिन लागिएको उनले बताए । । दाहालले आर्थिक समस्याका कारण लडाकुलाई किस्ताबन्दीमा रकम दिने विषयमा छलफल भइरहेको पनि बताए । प्रधानमन्त्री दाहालले रास्वपा आफू नेतृत्वको सरकारमा आउने पनि दावी गरे । 

Advertisement

Advertisement