रवि लामिछानेका चालकको उपचारका क्रममा मृत्यु

Advertisement

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । 

गत वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

Advertisement

आज दिउँसो १ बजेर ४० मिनेटमा उनको निधन भएको  अस्पतालले जनाएको छ । अवस्था गम्भीर भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएका थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनका श्रीमती र दुई सन्तान छन् ।

Advertisement

Advertisement