टाउकोमा चोट लागेका सिम्रिक एयरका पाइलटसहितका घाइतेलाई काठमाडौं ल्याइँदै

Advertisement

काठमाडौं । दुर्घटनामा परेको सिम्रिक एयरको हेलिकप्टरका पाइलट क्या. सुरेन्द्र पौडेलसहित अन्य घाइतेहरुलाई काठमाडौं ल्याउन लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् । 

उनको पौडेलको टाउकोमा गम्भीर किसिमको चोट लागेको बताउँदै उनीसहित अन्य घाइतेलाई अवस्था हेरी काठमाडौं ल्याउन लागिएको बताए । उनीहरुलाई अहिले सेनाको टोलीले उद्दार गरेर टुम्लिङटार ल्याइसक्किएको र अब काठमाठौं ल्याउन लागिएको निरौलाले बताए । दुर्घटनामा पाँच जना घाइते भएको र छिरिङ भोटे भने सकुशल रहेको जनाइएको छ । 

Advertisement

माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि सामान ओसार्दैगरेको बेला हेलिकप्टर सिन्धुपाल्चोकको भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा दुर्घटनामा परेको हो । हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको स्थानीयको भनाई छ । 

Advertisement

Advertisement